पटक-पटक बलात्कारपछि अपाहिच युवतिले जन्माइन बच्चा, अझै पक्राउ परेनन आरोपित
गत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।

२०८० जेठ ५ शुक्रबार, बिहान ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बलात्कारको शिकार भएकी एक अपाहित युवतिले अस्पतालमा बच्चाको जन्म दिएकी छिन् ।
राम्ररी बोल्न र राम्ररी हिडन समेत नसक्ने अन्दाजी ३० बर्षिय युवतिलाई एक युवकले पटक–पटक बलात्कार गरी गर्भवति बनाएको घटना बाहिरिएको थियो ।
सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३ कुसहा लक्ष्मीनियाँस्थित एक विपन्न परिवारकी महिलालाई पटक–पटक बलात्कार गरी गर्भवति बनाएर फरार रहेका सोही ठाउँ बस्ने चन्दन यादव अझै फरार छन् । युवतिले विहिबार बच्चाको जन्म दिएकी हुन् ।
स्थानीय कोसिलाल यादवको २२ बर्षिय छोरा चन्दन यादवले गर्भवति बनाएर फरार भएका छन् । प्रहरी प्रशासनकै मिलोमत्तोमा राजनीतिक पावरको आडमा यादवलाई पक्राउ गर्न प्रहरीले उत्कसुक्ता देखाएका छैनन् ।
गत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।
यो पनि पढनुहोस्
प्रथम पटक बलात्कार गर्दा राम्ररी बोल्न नसक्ने ती महिलाले आफ्नो अभिभावकलाई बताएकी थिईन् । त्यस बखत नै उनको परिवारजनले यादव परिवारलाई सचेत गराउँदै यस्ता क्रियाकलाप नगर्न भनेपछि उल्टै थर्काउँदा दोस्रो पटक जाने हिम्मत गरेनन् । जातीय दम्भ देखाउँदै यादव परिवारले सोलकन जात भएको भन्दै कुटपिटको धम्की दिएपछि पीडित परिवार चुप्पी लादेका थिए ।
यादव परिवारले पीडित परिवारलाई जातको आधारमा गालीगलौँच गर्दै धम्काउँदै आएका छन् । धानुक जात भएर यादवसँग टक्कर लिएर पिसिदिने जस्ता धाकधम्की समेत दिएपछि मण्डल परिवार डरले चुप लागेका थिए । विहिबार युवतिले बच्चा जन्माएपनि उनको रेखदेख र आर्थिक खर्च उठाउने अवस्था नभएको सिरहाका जेष्ठ पत्रकार देव कुमार यादवले बताएका छन् ।
आरोपितकी आमा नेकपा एमाले पार्टीबाट वडासदस्यमा चुनाव लडेर पराजित भएकी हुन् । आफू नेता हो भन्दै धाक लगाउँदै प्रहरीमा नजान चेतावनी समेत दिँदै आएको आरोप छ ।
एमाले पार्टीबाट भएको भन्दै युवकलाई स्थानीय राजनीतिकर्मीहरुले उनलाई भगाएको आरोप लगाएका छन् ।
महिनौ भईसक्दा समेत आरोपित चन्दन यादव पक्राउ परेका छैनन् । युवतिले उनकै बलात्कारबाट गर्भ रही बच्चा जन्माउँदा सिरहा अस्पतालमा रहेकी छन् । उनको आर्थिक अवस्था दयनीय रहेको भन्दै विभिन्न तवरबाट सहयोगको लागि अपिल गरिएको छ ।
उनलाई मदतको लागि सहयोगी हातहरुले निम्न विवरणमा सहयोग गर्न अपिल गरिएको छ ।
Account number:- 2390100005209119
Account holder Name:- LALITA KUMARI MANDAL
Bank:- Rastriya Banijya Bank
Branch:- Sukhipur
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…