१ महिनाभित्र नागरिकता विद्येयक टुँगो लाग्छः प्रधानमन्त्री प्रचण्ड
उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर ‘होल्ड’ भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उहाँले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।

२०८० जेठ ४ बिहीबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताएको हो ।
उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर ‘होल्ड’ भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उहाँले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।
उनले भने , ‘नागरिकता विधेयकबारे छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’
प्रधानमन्त्रीले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको पनि बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…