सिरहाः एक पूर्व वडाध्यक्ष पक्राउ, तरुण दलले चक्का जाम गर्ने
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार, पूर्व वडाध्यक्ष दनुवार र अन्य एक जना पक्राउ परेका छन् । वर्तमान वडाध्यक्षले शीलालेखमा जग्गादाताको नाम नराखेको भन्दै शीलालेख तोडफोडको चेताववदी दिएका थिए ।

२०८० जेठ ३ बुधबार, दिउँसो १२:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित एक स्थानीय तहको वडाकार्यालयको शीलालेख तोडफोड आरोपमा एक पूर्व वडाध्यक्ष पक्राउ परेका छन् ।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. २ स्थित निर्माण भएको वडा कार्यालयको शीलालेख तोडफोड गरेको आरोपमा सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानदिप दनुवार र सोही स्थान बस्ने श्याम सिँह दनुवार शिलालेख तोडफोड गरेको बिषयमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार, पूर्व वडाध्यक्ष दनुवार र अन्य एक जना पक्राउ परेका छन् । वर्तमान वडाध्यक्षले शीलालेखमा जग्गादाताको नाम नराखेको भन्दै शीलालेख तोडफोडको चेताववदी दिएका थिए ।
यता, नेपाली काँग्रेसको भातृ सँगठन तरुण दल सिरहाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्बाचोकमा चक्काजाम गर्ने जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…