आजदेखि डिजेल र मट्टितेलको भाउ घटयो, पेट्रोलको उही दाम, गाडी भाडा घटने
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ । यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।

२०८० जेठ ३ बुधबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
अब डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टितेल बिक्री हुँदै आएको थियो ।
सार्वजनिक गाडीको भाडा घटाउने तयारी
यातायात व्यवस्था विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो ।
वैज्ञानिक प्रणालीअनुसार डिजेलमा ५ रुपैयाँ घट्दा सार्वजनिक यातायातको भाडा दर स्वतः कम हुनुपर्ने हो, तर भाडा नघट्दा यात्रु र उपभोक्ता मारमा पर्दै आएका छन् ।
डिजेलको मूल्य प्रत्यक्ष उपभोक्तासँग नै जोडिन्छ । मूल्य बढ्दा ढुवानी भाडा बढ्छ भने त्यसको प्रत्यक्ष प्रभाव सबै ढुवानी सेवादेखि खाद्य वस्तुसम्ममा पर्छ ।
डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको अवस्थामा सार्वजनिक गाडीको भाडा पनि घटाउने गरी गृहकार्य भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ ।
यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…