जनकपुरः बकरी चोर पक्राउ
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा बस्ने वर्ष ६८ को ताहिर राईन रहेका छन् । उनले सार्वजनिक बाटोमा डोर्यायई लादै गरेको अवस्थामा फेला परेकोमा स्थानीय मानिस तथा जनप्रतिनिधिहरुको रोहवरमा बरामद गरी ताहिर राईनलाई बरामद भएको बाख्रा सहित नियन्त्रणमा लिई ईलाक प्रहरी कार्यालय धनुषाधाममा राखिएको छ ।

२०८० जेठ १ सोमबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले एक बाख्राचोर (बकरीचोर) लाई पक्राउ गरेको छ । उनलाई चोरीको बाख्रासहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा न. १६ कपिलेश्वर बासिन्दाको बाख्रा चोरी भएको सूचना पाएपछि खोजबिन गर्दै जाँदा एक जना पुरुषलाई बाख्रासहित पक्राउ गरिएको हो ।
गत शनिबार धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ८ स्थितबाट कपिलेश्वर बस्ने रामलाल साहले ५ वटा बाख्रा चोरी भएको जानकारी प्रहरीलाई गराएको थियो । जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको टोलीले आईतबार बिहान ४ः०० बजेको समयमा मिथिलाबिहारी नगरपालिका वडा नं. १ स्थित ४ बाख्रासहित पुरुष पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा बस्ने वर्ष ६८ को ताहिर राईन रहेका छन् । उनले सार्वजनिक बाटोमा डोर्यायई लादै गरेको अवस्थामा फेला परेकोमा स्थानीय मानिस तथा जनप्रतिनिधिहरुको रोहवरमा बरामद गरी ताहिर राईनलाई बरामद भएको बाख्रा सहित नियन्त्रणमा लिई ईलाक प्रहरी कार्यालय धनुषाधाममा राखिएको छ ।
राईनलाई चोरी सम्बन्धी कसुर मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट दिन ७ म्यदा अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिप्रका धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…