नेविसँघ धनुषाको क्षेत्रीय जिम्मेवारी तोकियो, क्षेत्र नं. २ मा यादवले सम्हाले कार्यभार
धनुषा निर्वाचन क्षेत्र नं. १ को लागि विमल कुमार मोक्तान, क्षेत्र नं. २ को लागि जयनाथ यादव, क्षेत्र नं. ३ को लागि प्रदीप कुमार यादव (सिद्धार्थ) र क्षेत्र नं. ४ को लागि भरत यादवलाई जिम्मेवारी तोकिएको हो । चारै जनालाई क्षेत्रमा लगानी एवम् कार्य सम्पादनको आधारमा क्षेत्रीय समन्वय समितिको जिम्मेवारी दिएको नेविसंघका जिल्ला अध्यक्ष सुजित कुमार यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

२०८० जेठ १ सोमबार, बिहान ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टी निकट नेपाल विद्यार्थी सँघ (नेविसंघ) धनुषाले जिल्लाको चार वटै क्षेत्रको सँयोजकको जिम्मेवारी तोकेको छ ।
आईतबार नेविसंघ जिल्ला कार्य समिति धनुषाले चार वटै क्षेत्रमा क्षेत्रीय समन्वय समिति सँयोजकको जिम्मेवारी बाँडफाँड गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को लागि विमल कुमार मोक्तान, क्षेत्र नं. २ को लागि जयनाथ यादव, क्षेत्र नं. ३ को लागि प्रदीप कुमार यादव (सिद्धार्थ) र क्षेत्र नं. ४ को लागि भरत यादवलाई जिम्मेवारी तोकिएको हो ।
चारै जनालाई क्षेत्रमा लगानी एवम् कार्य सम्पादनको आधारमा क्षेत्रीय समन्वय समितिको जिम्मेवारी दिएको नेविसंघका जिल्ला अध्यक्ष सुजित कुमार यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…