धनुषाको यदुकूहामा मुआब्जा लिएर पुनः सडक अतिक्रमण, ७ दिनभित्र खाली गर्न निर्देशन
यता, ७ दिनभित्र सो जग्गा खाली नगरिए सडक ऐन २०३१ बमोजिम कारवाहीको चेतावनी समेत दिएको हो । यदुकुहास्थित स्थानीय विनोद चौधरी र मनरी धुनियाँले सडक सीमाभित्र ईटको पर्खाल जोडन थालेपछि हटाउन पत्राचार गरिएको हो ।

२०८० बैशाख ३१ आइतबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यदुकूहा–बीरेन्द्र बजार सडकखण्डमा घर भत्काईएकाहरुले मुआब्जा लिएर पुनः सडक अतिक्रमण गर्न थालेका छन् ।
महिनाथपुर–बीरेन्द्रबजार सडकखण्डमा शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहास्थित मुआब्जा लिएका सर्वसाधारणहरुले पुनः सडकमै घर बनाउन लागेपछि हुलाकी राजमार्ग निर्देशनालयले सो खाली गर्न पत्राचार गरेको छ ।
सो सडकमा परेका घर टहरा हटाउनको लागि सरकारसँग मुआब्जा लिएका घरधनीहरुले मुआब्जा लिएर पुनः सडकमै घर बनाउन लागेको बताएका छन् । यदुकूहास्थित सडकमा छुटयाइएको जमिनमा पुनः पर्खाल निर्माण गर्न लागेपछि उजुरी गरिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले पत्राचार गरी शहिदनगर नगरपालिका, वडा नं. ३ को कार्यालय, प्रशासन र ईलाका प्रहरी कार्यालय मार्फत सो जग्गा खाली गराउन भनेको हो ।
सरकारले घर भत्काएर सडक बनाउँदा दिनुपर्ने उचीत क्षतिपूर्ति, मुआब्जा वितरण गरेको जनाउँदै मुआब्जा लिएर पनि पुनः सडकको जग्गामै पर्खाल दिन थालेपछि स्थानीयहरुले उजुरी गरेको बताईएको छ । सोही उजुरीको आधारमा यदुकूहास्थित सो पर्खाल भत्काउन र जग्गा खाली गर्न निर्देशन दिएको हो ।
यता, ७ दिनभित्र सो जग्गा खाली नगरिए सडक ऐन २०३१ बमोजिम कारवाहीको चेतावनी समेत दिएको हो । यदुकुहास्थित स्थानीय विनोद चौधरी र मनरी धुनियाँले सडक सीमाभित्र ईटको पर्खाल जोडन थालेपछि हटाउन पत्राचार गरिएको हो ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…