जनमत पार्टीको मधेश प्रदेश समितिमा धनुषाबाट यी ११ जना छानिए
विहिबार छनौट गरिएको मधेश प्रदेश कमिटि सदस्यहरुमा ज्योत्सना क्रान्ती (कयश्थ), सुरेन्द्र मण्डल, ब्रम्हदेव महतो, रामपुकार यादव, दिपेन्द्र तेथवार यादव, प्रसन्न कुमार झा, रामबाबु कलबार, मिथिला देवी सादा, सत्यनारायण सिँह, रामकली देवी मण्डल र फूलकुमारी यादव रहेका छन्

२०८० बैशाख २८ बिहीबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश कमिटि गठन गरेको छ । जसमा धनुषा जिल्लाबाट ११ जनालाई छनौट गरिएको छ ।
विहिबार छनौट गरिएको मधेश प्रदेश कमिटि सदस्यहरुमा ज्योत्सना क्रान्ती (कयश्थ), सुरेन्द्र मण्डल, ब्रम्हदेव महतो, रामपुकार यादव, दिपेन्द्र तेथवार यादव, प्रसन्न कुमार झा, रामबाबु कलबार, मिथिला देवी सादा, सत्यनारायण सिँह, रामकली देवी मण्डल र फूलकुमारी यादव रहेका छन् ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिका पदेन सदस्यहरू तोकेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्का पदेन सदस्यमा राख्ने निर्णय भएको उनले जानकारी गराएका छन् । जनमत पार्टीले राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यको रूपमा सहभागी गराएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचनमा जनमतबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भएकाहरूलाई सम्बन्धित प्रदेश समितिका पदेन सदस्यमा राख्ने निर्णय भएको अध्यक्ष राउतले जानकारी गराएका छन् । कोशी प्रदेशको प्रदेश समितिमा २१ जना, मधेस प्रदेशको प्रदेश समितिमा १०१ जना समावेश गराएको जनमतले जनाएको छ ।
बागमती प्रदेशको प्रदेश समितिमा आठ जना, गण्डकी प्रदेशको प्रदेश समितिमा चार जना, लुम्बिनी प्रदेशको प्रदेश समितिमा ३० जना र सुदूरपश्चिम प्रदेशको प्रदेश समितिमा पाँच जनालाई समावेश गराएको जनमत पार्टीले जनाएको छ ।
राष्ट्रिय परिषद् तथा प्रदेश समितिहरूमा अन्य सदस्यहरू मनोनीत गरी राष्ट्रिय परिषद् तथा प्रदेशका कार्यकारिणी समितिहरू गठन गरिने अध्यक्ष राउतले बताए । ती समितिहरू गठन नभएसम्म जनमत पार्टीका अध्यक्ष राउतको संयोजकत्वमा राष्ट्रिय परिषद् तथा प्रदेश इन्चार्जहरूको संयोजकत्वमा प्रदेश समितिहरूको विस्तार तथा अधिवेशनको प्रक्रिया अगाडि बढाइने जनमत पार्टीले जनाएको छ ।
त्यसैगरि, स्थानीय निर्वाचनमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा उठेका उम्मेदवारहरू स्वतः सम्बन्धित जिल्ला समन्वय समितिका सदस्य हुने जनमतले निर्णय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…