जनकपुरः गाँजा खाएर सिढीबाट लडदा मँसुरको मृत्यू !
प्रादेशिक अस्पताल जनकपुरमा ल्याई उपचारको क्रममा बुधबार विहान ११ः०० बजे मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरूको विचमा गाँजा खाने क्रममा वादविवाद भएको र रवानी मँसुरको लडेर मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान जारी राखिएको छ ।

२०८० बैशाख २८ बिहीबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुटपिट गरी हत्या गरिएको भनिएको मुद्दामा प्रहरीले प्राथमिक रिपोर्ट जारी गर्दै उनको गाँज खाएर लडदा मृत्यू भएको बताएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बस्ने जाकिर हुसेनको अन्दाजी बर्ष २४ को छोरा गुलाम मँसुर भन्ने रवानी मन्सुरको गाँजा खाएर सिढीबाट लडदा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले जनाएको छ ।
मँसुरको आफ्नै घरको छतबाट अचानक लडी घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर उपचारको क्रममा मृत्यू भएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरीको टोली अनुसन्धान थालेको थियो । विहान ९ः४५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी प्राप्त भएपछि अनुसन्धानको क्रममा प्रहरीले चार जना युवकलाई पक्राउ समेत गरेको छ ।
सो प्रकरणमा जनकपुरधाम ७ जानकीनगर बस्ने अन्दाजी बर्ष २० को अनुज तिवारी, बर्ष २५ को जियाउल राईन, बर्ष ३१ को राजकुमार साह र बर्ष २१ को जीतेन्द्र कुमार मण्डललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
गत मँगलबार दिउँसो ३ बजेको समयमा समयमा जटही नाकाबाट लागुऔषध सेवन गरि जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ स्थित लादोमा राति १ बजे चुरोट किनी सोही स्थितमा रहेको निर्माणाधिन पक्की घरको दोस्रो तल्लामा गाँजा सेवन पश्चात सिढी तल भुँईमा लडी शक्त घाईते भएको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा ल्याई उपचारको क्रममा बुधबार विहान ११ः०० बजे मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरूको विचमा गाँजा खाने क्रममा वादविवाद भएको र रवानी मँसुरको लडेर मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान जारी राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…