सिरहाको गोलबजारमा युवकमाथि भालुले गरे आक्रमण
भालुको आक्रमणबाट उनको दुवै हात र अनुहारमा घाउ लागेको छ । भालुको नँगले हात र अनुहारको छाला गहिरोसम्म काटिएको छ । भालुको आक्रमणमा परेको खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको टोलीले सुनुवारलाई उद्धार गरी अस्पताल पुरयाएको हो ।

२०८० बैशाख २८ बिहीबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा भालुको आक्रमणमा परी एक युवक घाईते भएका छन् । विहिबार दिउँसो ४ बजेको समयमा उनीमाथि जँगली भालुले आक्रमण गरेको हो ।
गोलबजार नगरपालिका वडा नं. १० स्थित रहेको चुरे चौफाल समुदायिक वनमा घाँस काट्न गएको बेला स्थानीय २८ बर्षिय खिलराज सुनुवारमाथि भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट उनको दुवै हात र अनुहारमा घाउ लागेको छ । भालुको नँगले हात र अनुहारको छाला गहिरोसम्म काटिएको छ । भालुको आक्रमणमा परेको खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको टोलीले सुनुवारलाई उद्धार गरी अस्पताल पुरयाएको हो ।
उनलको अहिले गोलबजार स्थित एक क्लीनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…