टाउको छिनाएको अवस्थामा युवकको लास
शव भारतको बिहार राज्य जिल्ला सितामढी ग्रामपञ्चायत सोनबरसा–९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ सिकुको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।

२०८० बैशाख २८ बिहीबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक युवकको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुलभन्दा ५०० मिटर पुर्व मसलाको रूख भएको झाडिमा भारतीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शव भारतको बिहार राज्य जिल्ला सितामढी ग्रामपञ्चायत सोनबरसा–९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ सिकुको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।
प्रहरीले शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…