प्रभू प्रतिको लगाव बढदै, संघिय सांसद र मेयर प्रत्यासी समेत आजपामा प्रवेश
पार्टी प्रवेश कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. १ का सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, ईश्वरपुर नपाका मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह, नेकपा एमालेका सन्तोष साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आम जनता पार्टी प्रवेश गरेका हुन्।

२०८० बैशाख २८ बिहीबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहप्रति नेताहरुको लगाव बढदै गएको छ ।
बुधवार सर्लाही जिल्लाको बयलवासमा आयोजित आम जनता पार्टीको जिल्ला भेलामा संघीय साँसदसहित मेयर पदका प्रत्यासीले समेत आम जनता पार्टीलाई रोजेका छन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले भने–“अहिले देशको अवस्था सबैलाई थाहा भएकै छ । देशमा आर्थिक अभाव छ । बजार घट्दै गएको छ, बैंकिङ कारोबारले आम जनजीवन प्रभावित गरेको छ । अर्कोतिर राजनीतिक परिवेश विषम छ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूको सक्रियता बढ्दै छ ।”
अध्यक्ष साहले भने, “तमाम संकटहरूको समाधानको एउटै विकल्प हो क्रान्तिकारी ध्रुवीकरण । क्रान्तिकारी मोर्चा बनाउन तर्फ सम्पूर्ण देशभक्तहरू लाग्नैपर्छ ।”
पार्टी प्रवेश कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. १ का सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, ईश्वरपुर नपाका मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह, नेकपा एमालेका सन्तोष साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आम जनता पार्टी प्रवेश गरेका हुन्।
नव प्रवेशिकालाई आम जनता पार्टीका राष्ट्ररिय अध्यक्ष प्रभू साहले खाँदा माला लगाई पार्टीमा प्रवेश गराएका हुन्। आउँने दिनमा मधेश प्रदेशमा आम जनता पार्टीले लिड गर्ने उनले विश्वास जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…