ट्रिपरमा मोटसाईकल ठोक्दा युवकको घटना स्थलमै मृत्यू
वैदेशिक रोजगारीबाट नेपाल आएका दिपु घर बाहिरै बस्दै आएका थिए । उनी एक्लै मोटरसाईकलमा सवार रहेको बेला ट्रिपरमा ठक्कर दिएको बताईएको छ । यद्यपी, मोटरसाईकल ठोक्किएको वा ट्रिपरले ठक्कर दिएको बारे अझै खुल्न सकेको छैनन् ।

२०८० बैशाख २६ मंगलबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका वडा नं. ४ स्थित मोसा दुर्घटना हुँदा मृत्यू भएको हो ।
मिथिला नगरपालिका वडा नं. ४ जगदेव पुलमा सोमबार विहान ट्रिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालक धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैया बस्ने भगलु यादवका छोरा अन्दाजी बर्ष २३ का दिपु यादवको मृत्यू भएको छ ।
ट्रिपरमा पछाडीबाट ठक्कर दिएका यादवको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । यादवलाई ढल्केबर अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटना पश्चात फरार रहेका टिप्परका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।
भर्खरै बैदेशिक रोजगारीबाट आएका दिपुको बुवाको केही बर्ष अगाडी हृदयघातको कारण मृत्यू हुँदा घरमा कमाउने एक मात्र दिपु थिए । उनको कान्छो भाई रहेको छ ।
वैदेशिक रोजगारीबाट नेपाल आएका दिपु घर बाहिरै बस्दै आएका थिए । उनी एक्लै मोटरसाईकलमा सवार रहेको बेला ट्रिपरमा ठक्कर दिएको बताईएको छ । यद्यपी, मोटरसाईकल ठोक्किएको वा ट्रिपरले ठक्कर दिएको बारे अझै खुल्न सकेको छैनन् ।
यादवको शव पोष्टमार्टमपछि जनकपुरमै अन्तिम सँस्कार गरिएको हो । उनको परिवारमा उनको आमा र एक भाई मात्र बाँचेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…