प्रचण्डले सुरेन्द्र र महेन्द्रलाई बनाए मन्त्री
आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । त्यसै गरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

२०८० बैशाख २४ आइतबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् ।
आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । त्यसै गरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्रीको आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ कार्यक्रम राखिएको शीतल निवास स्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…