लोसपाका सांसद यादवको तलब भत्ता रोक्का
सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गर्दै स्थानीय चुनाव भन्दा दुई दिन पूर्व उनको उम्मेदवारी खारेज गर्दै प्रदीप साहलाई सोही चुनाव चिन्ह प्रदान गरी जसपाबाट मेयरको चु्नावमा प्रतिस्पर्धा गर्न आयोगले निर्देशन दिएको थियो ।

२०८० बैशाख १९ मंगलबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका एक प्रदेश साँसदको तलबभत्ता रोक्का गरिएको छ । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद रामबाबु यादवको तलब भत्ता रोक्का गरिएको छ ।
तत्कालिन गठबन्धनबाट चुनाव लडेका लोकतान्त्रिक समाजवादी पार्टीका सांसद यादवको तलब भत्ता रोक्का गरिएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ ।
सिरहाको चोहर्वाका इटा व्यवसायी रामकृपाल यादबको उधारो तिर्न सांसद यादवले काटेको चेक बाउन्स भएको विरुद्ध दिइएको निवेदनको आधारमा सांसद यादवलाई बैंकले कालोसुचीमा राखेको कारण देखाउँदै प्रदेशसभा सचिवालले उनको तलब भत्ता रोक्का गरेको सचिवालयका सचिव रंजीत यादवले बताए । सांसद यादवले ईटा व्यवसायी रामकृपाल यादवलाई उधारो वापतको ७ लाख ५० हजार रुपियाँ तिर्न बाँकी रहेको छ ।
लेनदेन मुद्दामासमेत जिल्ला अदालत सिरहाबाट दोषी ठहर भएका सांसद यादव तात्कालीन चुनाव लड्न सकिने गरी उच्च अदालत जनकपुर राजविराजमा पुनरावेदन गरेका थिए । मुद्दा सुनुवाइमा रहेको बहाना गर्दै उनी निर्वाचनमा सहभागी भएका थिए । उच्च अदालतमा उनको मुद्दा सुनुवाइको क्रममा रहेको छ ।
यस अघि २०७९ साल वैशाख ३० गते भएको स्थानीय चुनावमा सांसद यादवले जनता समाजवादी पार्टीबाट कल्याणपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । तर, जसपा नेपालबाटै मेयर पदमा मनोनयन दर्ता गराएका उम्मेदवार प्रदीप साहले रामबाबु यादवको उम्मेदवारी अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गर्दै स्थानीय चुनाव भन्दा दुई दिन पूर्व उनको उम्मेदवारी खारेज गर्दै प्रदीप साहलाई सोही चुनाव चिन्ह प्रदान गरी जसपाबाट मेयरको चु्नावमा प्रतिस्पर्धा गर्न आयोगले निर्देशन दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…