बैशाख १७ गतेलाई बालविवाह विरुद्ध दिवसको रुपमा मनाइनेः मुख्यमन्त्री यादव
बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।

२०८० बैशाख १७ आइतबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले बैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाहविरुद्धको दिवस मनाउने घोषणा गरेका छन् ।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताए। १० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जानकारी दिँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताए।
लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको बालिका सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…