नेविसंघ धनुषाको कार्य समिति विस्तार उपाध्यक्षमा यादव र गोईत
यस्तै, जिल्ला कार्यसमितिको कोषाध्यक्षमा पूजा कुमारी साह, सचिवमा अशोक कुमार मरिक र जँगेश कुमार कामत, सहसचिवमा नरेन्द्र लाल कर्ण, विनय यादव, अकलेश कुमार महतो, रामकरण भण्डारी, नितिश यादव, सुजित झा, नजिबुल राईन र ज्योति ठाकुर गरी ८ जना चयन भएका छन् ।

२०८० बैशाख १५ शुक्रबार, राति ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसंघ) धनुषा शाखाले कार्य समिति विस्तार गरेको छ ।
जिल्ला अध्यक्ष सुजित कुमार यादवले शुक्रबार कार्य समिति विस्तार गरी नामावली प्रकाशन गरेका छन् । जसमा नेविसंघको उपसभापतिको लागि दुई जनालाई मनोनित गरेको छ ।
जिल्ला उपाध्यक्षमा शँकर प्रसाद यादव र ईन्द्रजीत गोईतलाई चयन गरिएको हो । कार्य समितिमा दुई उपाध्यक्ष रहने भएको छ । यद्यपी, दुई उपाध्यक्ष मध्ये यादवको पक्कड नेतृत्वसँग बलियो रहेको छ ।
यस्तै, जिल्ला कार्यसमितिको कोषाध्यक्षमा पूजा कुमारी साह, सचिवमा अशोक कुमार मरिक र जँगेश कुमार कामत, सहसचिवमा नरेन्द्र लाल कर्ण, विनय यादव, अकलेश कुमार महतो, रामकरण भण्डारी, नितिश यादव, सुजित झा, नजिबुल राईन र ज्योति ठाकुर गरी ८ जना चयन भएका छन् ।
उपाध्यक्षमा किलाबन्दी
जिल्ला कार्य समितिको उपाध्यक्षमा चयन गरिएका शँकर प्रसाद यादव र ईन्द्रजीत गोईतमध्ये यादवको पक्कड बलियो रहेको छ । जिल्लासहित प्रदेश नेतृत्वसँग यादवको पक्कड बलियो रहेको छ । गोईत र यादव काँग्रेसको दुई गुटका कार्यकर्ता रहेका छन् ।
काँग्रेसको जिल्ला कार्य समिति निकट रहेका शंकर प्रसाद यादव र इतर पक्ष रहेका ईन्द्रजीत कुमार गोईतबीच किलाबन्दी रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…