भोली बुधबार राराबमा क्याम्पस प्रमुखलाई पस्न नदिइने
क्याम्पसमा परीक्षा चलिरहेको वेला आन्दोलनका कार्यक्रमहरुले विद्यार्थीहरुलाई समस्या परेको समेत देखिन्छ । कर्मचारी संघले उक्त मांगका सन्दर्भमा मिति बैशाख ४ गते सोमबार बैठक राखेर विज्ञप्ति मार्फत पेश भएका मागहरू सहित क्याम्पस प्रमुख लाई २४ घण्टे अल्टिमेटम दिईएकोमा मँगलबार समेत कर्मचारी संघ संग भएको वार्ताबाट विज्ञप्ति दिईएका भातृ संगठनहरले कर्मचारी संघलाई बाईपास गरी फेरी एउटा विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुखलाई भोली बैशाख ६ गते क्याम्पस परिसर भित्र पस्न नदिने निर्णय प्रकाशन गरेको छ ।

२०८० बैशाख ५ मंगलबार, राति १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब क्याम्पसमा आन्दोलनरत कर्मचारीहरुले क्याम्पस प्रमुखलाई नै क्याम्पस प्रवेशमा रोक लगाउने भएको छ ।
कर्मचारीहरुले सारेको मागप्रति क्याम्पस प्रमुख अझै जिम्मेवार नभएको भन्दै भोली बुधबार क्याम्पस प्रवेशमै रोक लगाउने निर्णय गरेको हो । कर्मचारीहरुको चरणवद्ध आन्दोलनको क्रममा क्याम्पस चिफलाई राराब प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
समाजिक संजालमा एक जना कर्मचारीले मांगहरु मध्ये वुदा नंं १ र बुदा नं. १० स्वीकृत भएको जनाएपनि अन्य बुँदाहरुमा क्याम्पस प्रमुख उदासिन भएको भन्दै उनलाई क्याम्पस प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
मँगलबार प्रशासनिक शाखाहरुमा कर्मचारीहरुको पदउन्नती तथा प्रशासनमा प्राविधिक कर्मचारीहरु प्रशासनबाट प्राविधिक तर्फ स्थानान्तरण भई हुन सक्ने प्रशासनिक कर्मचारीहरुको कमीको बारेमा आफ्नो धारणा राखेका थिए ।
क्याम्पसमा परीक्षा चलिरहेको वेला आन्दोलनका कार्यक्रमहरुले विद्यार्थीहरुलाई समस्या परेको समेत देखिन्छ । कर्मचारी संघले उक्त मांगका सन्दर्भमा मिति बैशाख ४ गते सोमबार बैठक राखेर विज्ञप्ति मार्फत पेश भएका मागहरू सहित क्याम्पस प्रमुख लाई २४ घण्टे अल्टिमेटम दिईएकोमा मँगलबार समेत कर्मचारी संघ संग भएको वार्ताबाट विज्ञप्ति दिईएका भातृ संगठनहरले कर्मचारी संघलाई बाईपास गरी फेरी एउटा विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुखलाई भोली बैशाख ६ गते क्याम्पस परिसर भित्र पस्न नदिने निर्णय प्रकाशन गरेको छ ।
तर भोली नै १२ बजेदेखि परीक्षा समेत हुने भएकोले विद्यार्थीहरुलाई समेत समस्या हुने विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…