सबैला स्वास्थ्य चौकीमा डाक्टरको रजाइँ, दिनभर सुतेर समय बिताउँदै
सबैला नगरपालिका वाडा नम्बर ३ स्थित रहेको प्राथमिक स्वास्थ चौकी सबैलाको डाक्टरहरु खाजा खानको बहानामा २ र ३ बजेको समयमा अस्पतालबाट घर जाने गरेको छ। कामको लागि अस्पताल पुगेको समयमा अस्पताल भित्र राम दुलार डाक्टर ज्यु र संजय मण्डल डाक्टर मात्र देखिएको थिए भित्र ।

२०७९ चैत ३० बिहीबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

शम्भु पण्डित, धनुषा । मधेश प्रदेशको जिल्ला धनुषामा प्रायः जसो स्वास्थ चौकीहरु समयमा खुल्दैनन खुलेपछि समयमा बन्द गर्दैन ।
जिल्लाको सबैला नगरपालिका वडा नं. ३ मा पर्ने प्राथमिक स्वास्थ चौकीमा कर्मचारी, स्वास्थ्यकर्मीको लापरबाही देखिएको छ।
प्राथमिक स्वास्थ चौकीका प्रमुख राम सिंह मंडल र स्वास्थ्यकर्मी रामदुलार बस्छन, बाँकी स्वास्थ्यकर्मी दिनभर सुतेर समय बिताउने गरेको गुनासो आएको छ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि कर्मचारी समयमा नआउनु यो कर्मचारीहरुको दैनिकी भएको देखिन्छ।
यी नगरपालिकाको हेर्ने हो भने प्रत्येक स्वास्थ चौकीमा यस्तै कुनै न कुनै समस्याको गुनासो हेर्न सकिन्छ। प्राप्त औषधि नभएको गुनासो, नयाँ डाक्टरको आगमन पछि दिनभर अस्पतालमा नै मोबाइल चलाएर टाइम पास गर्नुरसुतेर समय बिताउनु, समयमा नआउनु, समयभन्दा पहिला नै कार्यालय बन्द गरेर जानू यी समस्याहरु हेर्न सकिन्छ।
सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी तर त्यस्तो नहुँदा बिरामीहरुले निकै समस्या खेप्नुपरीरहेको छ ।
स्वास्थ्य चौकीमा स्वास्थकर्मी आउँदा पनि प्रयाप्त औषधि नभएको कारण बिरामीहरु रित्तै घर फर्किनु परेको बाध्यता रहेको पीडितहरु बताउँछन।
यस्तै सबैला नगरपालिकाको प्रायः जसो स्वास्थ चौकीको स्वास्थ्यकर्मीहरुले अस्पतालमा हाजिरी बनाएर दिनभर निजि क्लिनिक वा घरमै बसिरहेको हुन्छ।
सबैला नगरपालिका वाडा नम्बर ३ स्थित रहेको प्राथमिक स्वास्थ चौकी सबैलाको स्वास्थ्यकर्मीहरु खाजा खानको बहानामा २ र ३ बजेको समयमा अस्पतालबाट घर जाने गरेको छ। कामको लागि अस्पताल पुगेको समयमा अस्पताल भित्र स्वास्थ्यकर्मी राम दुलार र राम सिंह मंडल मात्र देखिएको थिए भित्र ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…