सिरहाको प्रादेशिक अस्पतालमा आगलागी, एकजना विरामीको मृत्यु
बरियारपटी गाउँपालिका–३ बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ ।आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो।

२०७९ चैत २९ बुधबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा डाइलाइसिसका एकजना विरामीको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ ।
बरियारपटी गाउँपालिका–३ बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ ।आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो।
अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो। आगलागीको समयमा आठजना बिरामीले डायालाइसिस गराइरहेका थिए।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…