देश बनाउन जनप्रतिनिधिले भेदभावको मानसिकता त्याग्नुपर्छः डा. महतो
कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह, उपप्रमुख रेखा यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, उपाध्यक्ष गुलाबदेवी चौधर, स्थानीय बुद्धिजीवीलगायतका सहभागी थिए ।

२०७९ चैत २८ मंगलबार, दिउँसो १:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा ४ का प्रतिनिधिसभा सांसद तथा जसपा नेता डा. बिरेन्द्र प्रसाद महतोले जनप्रतिनिधिले भेदभावको मानसिकता नत्यागेसम्म देश नबन्ने बताएका छन् । मिर्चैया सोमबार आयोजित पूर्वाधार विकास सम्बन्धि अन्तरक्रियात्क कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।
डा। महतोले कोहि व्यक्ति चुनाव अघिसम्म कुनै पार्टीका हुने भएपनि चुनाव जितिसकेपछि भने सबैको साझा हुने भएकाले जनप्रतिनिधिले कसैसँग भेदभाव गर्न नहुने बताए । स्थानीय तहमा मेरो र तेरोको मानसिकता व्याप्त देखिएको छ, उनले भने, यस्तो हुनुहुँदैन, जनप्रतिनिधिले भेदभावको मानसिकता त्याग्नुपर्छ ।
जनप्रतिनिधिमा जनताले दिएको म्यान्डेट पूरा गर्न गम्भीरता पनि नदेखिएको भन्दै उनी दुःख व्यक्त गरे । जनताले हामीलाई यो ठाउँको भविष्य बनाउनका लागि जिम्मेवारी दिएका छन्, उनले भने, तर, जनप्रतिनिधि साथीहरु यसप्रति गम्भीर नदेखिनु दुःखद विषय हो ।
जनप्रतिनिधिले सबैका कुरा र अनुभव सुनेर, सबै तहका जनप्रतिनिधिले एकार्कासँग समन्वय गरेर गुरुयोजना बनाएर काम गरे देशले कोल्टे फेर्ने उनले बताए । तर, अहिलेका जनप्रतिनिधिमा यस्तो संस्कारको कमि देखिएको उनले औल्याए । चुनाव जितेपछि झन सद्भावी हुनुपर्नेमा जनप्रतिनिधिहरु राजा जसरी एकलकाँटे बनेका छन्, उनले भने, यसरी देश बन्नेबाला छैन ।
सिरहा ४ मा पर्ने स्थानीय तहहरु मिर्चैया, कर्जन्हा, कल्याणपुर, नरहा र विष्णपुरसँग केन्द्रबाट ल्याउन सकिने र जनजीवनमा प्रभाव पार्नसक्ने ठूला योजनाहरु पनि उनले माग गरेका छन् । उनले आफू जनताका लागि केहि महत्वपूर्ण कामहरु गर्न चाहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुलाई यसलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरे ।
कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह, उपप्रमुख रेखा यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, उपाध्यक्ष गुलाबदेवी चौधर, स्थानीय बुद्धिजीवीलगायतका सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…