जनकपुरः बैशाखको प्रचण्ड गर्मीमा वृद्धवृद्धालाई न्यानो फाईबरको सिरक वितरण
नगराईन नगरपालिकाको वडा नं. ४ स्थित शुक्रबार वडाध्यक्षले जेष्ठ नागरिक, एकल महिला, अपाँता भएका व्यक्तिहरुलाई फाईबरको सिरक वितरण गरेका हुन् । बजेट ल्याउन ढिलाई भएपछि चिसोको मौसममा वितरण हुन नसक्दा आगामी शितलहरको लागि काम लाग्ने बताइएको छ ।

२०७९ चैत २५ शनिबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित एक स्थानीय तहमा बैशाखको गर्मीको बेला फाईबर सिरक वितरण गरेका छन् ।
दक्षिणी धनुषाको नगराईन नगरपालिकाले समाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकहरुलाई न्यानो फाईबरको सिरक वितरण गरेको हो ।
नगराईन नगरपालिकाको वडा नं. ४ स्थित शुक्रबार वडाध्यक्षले जेष्ठ नागरिक, एकल महिला, अपाँता भएका व्यक्तिहरुलाई फाईबरको सिरक वितरण गरेका हुन् । बजेट ल्याउन ढिलाई भएपछि चिसोको मौसममा वितरण हुन नसक्दा आगामी शितलहरको लागि काम लाग्ने बताइएको छ ।
वडाध्यक्षले अहिले दिने गरेको सिरक आगामी बर्ष समयमै काम लाग्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…