बहुरुपीयाको कारण मधेश प्रदेश हैरानः प्रभू साह
‘बारा जिल्ला आफ्नो गौरब बनाएको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भने जिल्ला अहिले आफै किन पछाडी पर्यो रु मानव बिकाश सुचांकमा किन पछाडी पर्यो रु’ साहले प्रश्न गर्दै भने, ‘विगत १० बर्ष देखी उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्री, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि किन राम्रा काम गरेनन् । मधेसको मानवबिकास सुचांकलाई माथि पुर्याउँने काम किन गरेनन् ? प्रश्न गरेका हुन् ।

२०७९ चैत २५ शनिबार, बेलुकी ७:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जनताको हार कहिल्यै नभएको बताएका छन्।
शनिवार आम जनता पार्टी (आजपा) को सुशासन, बदलाव र विकास हाम्रो अभियान , लोकतन्त्र रक्षार्थ मोबाईल छा पमा मतदान गरौं नाराको साथ आज बाराको उप निर्वाचन क्षेत्र नं २को गंजभवानीपुरमा जनता भेट घाट कार्यकर्मलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।
परिवर्तन ल्याउने जनताको कहिल्यै हार नभएको बताउँदै आम जनताले आन्दोलन गरी लोकतन्त्र ल्याएकोमा अहिले लुटतन्त्रमा परिणत भएको पनि बताएका छन्।
सांसद समेत रहेका नेता साहले वर्तमान अवस्थामा किसानले किसान, मजदुर तथा आम नागरिकको अगाडि निकै समस्या भएको र केही मानिसले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।
बारा क्षेत्र नं २ मा अहीले दुनियाको नजर हो , मधेश प्रदेश देश विदेश बिहार यूपी लागतको बारामा नजर हुन् । तर बाराको चुनाव आम जनताले चुनाव जित्ने छ। बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला र ईमानदार भएको जनता हुन्।
हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेश हुनुपर्ने बताउँदै उपेन्द्रले वीरगंजलाई राजधानी बनाउँने बताए पनि आफैले बोलेको कुरा व्यवहारमा लागु नगरेको उनले बताए । निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, सिम्रौनगढ, गढीमाईको बिकासको कुरा गर्दा उपेन्द्रले एक शब्द कहिल्यै पनि नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी मन्त्री हुँदा गढीमाई, सिम्रौनगढको बिकाशका लागि करोडौं मेरो योगदान छन। तर उनी गर्या छ भने यहाको जनतालाई माईक मार्फत भन्नु पर्यो बहुरुपीया नेतालाई साहले भनेका हुन्।
‘बारा जिल्ला आफ्नो गौरब बनाएको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भने जिल्ला अहिले आफै किन पछाडी पर्यो रु मानव बिकाश सुचांकमा किन पछाडी पर्यो रु’ साहले प्रश्न गर्दै भने, ‘विगत १० बर्ष देखी उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्री, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि किन राम्रा काम गरेनन् । मधेसको मानवबिकास सुचांकलाई माथि पुर्याउँने काम किन गरेनन् ? प्रश्न गरेका हुन् ।
उनले कार्यकर्म मार्फत बाराको विकासको लागि मलाई जिम्मा दिनु म पुरा गर्छु ग्यास सिलिन्डर,शिक्षा, रोड,नाला , भन्सार, सिँचाइ, दलीत बस्ती लगाएको काम गर्ने साहले प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा १०० को संख्यामा आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…