कमलामा महिलाहरुको लागि निःशुल्क शिविरको पहिलोदिन २०० बढीले लिए सेवा, ५ जनामा क्यान्सर
सो कार्यक्रमको उदघाटनको लागि विशिष्ट अतिथिको रुपमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, कार्यक्रम सँचालक स्वास्थ्य शाखाका सहसँयोजक अमरेश कुमार यादव, महिला स्वयँसेविकाहरु, कर्मचारीहरुसहित आड्रा नेपाल र बागमति सेवा समाजका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

२०७९ चैत २३ बिहीबार, राति १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाले आयोजना गरेको महिला प्रजनन सम्बन्धी दुई दिने निःशुल्क शिविरमा पहिलो दिन २०० बढीले सेवा लिएका हुन् ।
कमला नगरपालिकाको ९ वटै वडाबाट आएकी महिलाहरुले पहिलो दिन अपेक्षाभन्दा अधिक सँख्यामा आएर चेकजाँच गराएकी हुन् । महिलाहरुको आँग खस्ने, पाठेघर झर्ने, पाठेघर मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा उत्साहित देखिइन् ।
चेकजाँचको क्रममा ३६ महिलालाई पाठेघरको अप्रेशन गर्नुपर्ने, ५ जनालाई क्यान्सरको आशंका पता लगाएको कमला नगरपालिकाका स्वास्थ्य सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवको अध्यक्षता एवम् सहयोगी अन्तराष्ट्रिय अस्ट्रेलियन गैर सरकारी सँस्था एड्रा नेपालको लागि नेदरल्याण्डका प्रोग्राम मैनेजर एस्टेलाको प्रमुख आतिथ्यमा विहिबारदेखि सुरु भएको दुई दिने शिविरको क्रममा महिलाहरुले उत्साहजनक सहभागीता जनाएको बताईएको छ ।

चैत्त मसान्तमा बालीनाली भित्रयाउने समय भएको बेला पनि २०० अधिक महिलाहरु चेकजाँच गराएको तथा दर्जनौ महिलाहरु समय नभ्याउँदा फर्केर गएको बताइएको छ । भोली शुक्रबार समेत हुने शिविरमा विहानैदेखि महिलाहरु सयौँको सँख्यामा आउने विश्वास सँयोजक ठाकुरले जनाए ।
सो कार्यक्रमको उदघाटनको लागि विशिष्ट अतिथिको रुपमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, कार्यक्रम सँचालक स्वास्थ्य शाखाका सहसँयोजक अमरेश कुमार यादव, महिला स्वयँसेविकाहरु, कर्मचारीहरुसहित आड्रा नेपाल र बागमति सेवा समाजका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…