बोर्डरमा ड्रग्स माफियाहरुबीच गोली हानाहान, सिँह घाईते
जोगबनीबाट लागूऔषध नेपाल ल्याउने र नेपालबाट गाँजा लैजाने समूहबीच विवाद हुँदो गोली चलेको प्रहरीको भनाइ छ । विवादका क्रममा घरेलु कटुवा पेस्तोलबाट गोली चलेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

२०७९ चैत २१ मंगलबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सुनसरी । नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।
दुई समूहबीच गोली हानाहान हुँदा एक युवा घाइते भएका छन् । गोली लागेर स्थानीय २० वर्षीय अङ्कित सिंह घाइते भएका हुन् । मुखमा गोली लागेका सिंहको विराटनगरमा उपचार भइरहेको छ ।
सोमबार बिहान विराटनगरसँग सीमा जोडिएको भारतको जोगबनीस्थित टिकुलिया बस्तीमा गोली चलेको प्रहरीले जनाएको छ । लागूऔषध ओसार–पसार गर्ने समूहबीच विवाद उत्पन्न हुँदा गोली चलेको प्रहरीको भनाइ छ ।
जोगबनीबाट लागूऔषध नेपाल ल्याउने र नेपालबाट गाँजा लैजाने समूहबीच विवाद हुँदो गोली चलेको प्रहरीको भनाइ छ । विवादका क्रममा घरेलु कटुवा पेस्तोलबाट गोली चलेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…