बारा २ मा राजेन्द्र महतो नउठे जनमत बन्नेछ भारी 

गत चुनावमा २०७४ सालको प्रत्यासी उम्मेदवारहरु अधिक ठाउँमा जितेको तथ्याँक छ । 

२०७९ चैत १९ आइतबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । आगामी बैशाख १० गते हुने भनिएको उपनिर्वाचनको लागि देशको ध्यान बारा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीत भएको छ । 

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमतबाट गत चुनावमा प्रत्यासी उम्मेदवार शिवचन्द्र कुशवाहाबीच प्रतिष्पर्धाको समाचारहरु आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले समेत उम्मेदवारी दिने चर्चा चलेपनि उम्मेदवारी नदिने बुझिएको छ । 

त्यहाँ हुन लागेको उपचुनावमा उम्मेदवारी दिने तयारी गरेका नेता महतो उम्मेदवारी नदिए डा. सिके राउतको जनमत पार्टीको पल्ला भारी बन्ने भएको छ । राजेन्द्र महतोले उम्मेदवारी नदिए उनको भोँट जनमतका शिवचन्द्र कुशवालाई फ्लो हुन सक्छ । 

महतोले उम्मेदवारी दिने तयारी बिहिवारदेखि गरेपनि शनिवार उम्मेदवारी नदिने निर्णय लिएको उनका निकटका स्रोतले जनाएका छन् । 

बारा २ मा चुनाव लड्ने महतोका आफन्तहरुले बताए पनि उनी क्षेत्रमा सक्रिय नदेखिएपछि अलमल भएको छ । केन्द्रको लागि गठबन्धन बनाएपनि महतोले उपेन्द्र यादवलाई धक्का दिने मुडमा रहेका छन् । महतो आफैँ लडे भोँट बाँडिनेछ भने महतो ब्याक भएपछि जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई प्रत्यक्ष फाईदा हुनेछ । 

गत चुनावदेखि नै जसपा र लोसपाबीच टशन चल्दै आएको छ । त्यति मात्र नभएर उपेन्द्र यादव र राजेन्द्र महतोबीच समेत टेनामेनी निरन्तर चल्दै आएको छ । बारा २ मा दोस्रो सबभन्दा बढी मत ल्याउने शिवचन्द्र कुशवाहा हुन् । यसअघि उनी माओवादीबाट लडेपनि यसपाली डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट लडेपछि झन बलियो भएका छन् । 

गत चुनावमा २०७४ सालको प्रत्यासी उम्मेदवारहरु अधिक ठाउँमा जितेको तथ्याँक छ । 

  • 0%
  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतको राजधानी दिल्लीमा बम आक्रमणको चेतावनी, सुरक्षा टाईट

  • २०७९ चैत १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने

पूरा पढ्नुहोस्

Bureau Menus