२९ गतेभित्रै स्वीयू चुनाव गराउने सहमतिपछि खुल्यो गोलबजार क्याम्पसको ताला
विद्यार्थी संगठनहरुले आज विहान क्याम्पस चिफ साहको कार्यकक्षमा ताला लगाएको थियो । जसले गर्दा नियमित भईरहेको परीक्षा समेत प्रभावित हुन थालेपछि चिफले सही समयमा निर्णय दिएर ताला खोल्न लगाएको हो ।

२०७९ चैत १४ मंगलबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारस्थित रहेको रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसमा आज गरिएको तालाबन्दी आजै खोलिएको छ ।
क्याम्पस प्रमुख किशोर साह र आन्दोलनरत विद्यार्थी सँगठनबीच भएको सम्झौता बमोजिम ताला खोलिएको हो । प्रमुख साहले चैत्त २९ गतेभित्रै स्वीयू चुनाव गराउने लिखित सहमति गरेपछि ताला खोलिएको हो ।
विद्यार्थी संगठनहरुले आज विहान क्याम्पस चिफ साहको कार्यकक्षमा ताला लगाएको थियो । जसले गर्दा नियमित भईरहेको परीक्षा समेत प्रभावित हुन थालेपछि चिफले सही समयमा निर्णय दिएर ताला खोल्न लगाएको हो ।
विद्यार्थी संगठनका पदाधिकारी र क्याम्पसका पदाधिकारीबीच लिखित सहमतिपछि ताला खोलिएको हो । अब २९ गतेभित्र नै सो कलेजमा स्वीयू चुनाव हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…