राराब क्याम्पस जनकपुरमा समानुपातिकतर्फ नेविसंघले धाँधली गरेको आरोप
नवनिर्वाचित सभापति मनिष यादवले समानुपातिक सूचीमा रहेको १ देखि ४ नम्बर सम्मको व्यक्तिहरुले समानुपातिकमा पद पाउनुपर्नेमा सो नगरिकन १ नम्बरमा रहेका राजेश कर्ण,४ नम्बरका उमेश मण्डल,८ नम्बरका मनिषा यादव तथा ९ नम्बरमा रहेका दीपेन्द्र राउतलाई नेविसंघले समानुपातिक सदस्य बनाएको छ । सूची अनुसार बनाउँदा एक देखि चार नम्बरमा रहेकाहरुको हुनुपर्ने नहुँदा सूचीमा रहेकाहरुमाथि अन्याय भएको सुशील अधिकारीले गुनासो पोखे ।

२०७९ चैत १४ मंगलबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन राराब जनकपुरधाम इकाइको समानुपातिक छनोट प्रक्रियामा धाँधली गरेको आरोप लगाइएको छ ।
समानुपातिकको सूचीमा दोस्रो स्थानमा रहेका सुशील अधिकारीले सोमबार सम्पन्न सामानुपातिक सदस्य छनोट प्रक्रियामा धाँधली भएको आरोप लगाएका छन् ।
नवनिर्वाचित सभापति मनिष यादवले समानुपातिक सूचीमा रहेको १ देखि ४ नम्बर सम्मको व्यक्तिहरुले समानुपातिकमा पद पाउनुपर्नेमा सो नगरिकन १ नम्बरमा रहेका राजेश कर्ण,४ नम्बरका उमेश मण्डल,८ नम्बरका मनिषा यादव तथा ९ नम्बरमा रहेका दीपेन्द्र राउतलाई नेविसंघले समानुपातिक सदस्य बनाएको छ । सूची अनुसार बनाउँदा एक देखि चार नम्बरमा रहेकाहरुको हुनुपर्ने नहुँदा सूचीमा रहेकाहरुमाथि अन्याय भएको सुशील अधिकारीले गुनासो पोखे ।
नवनिर्वाचित युनियनको समितिमा विभिन्न दलका वर्गीय संगठनहरुको १० जनालाई समानुपातिकमा राख्नुपर्ने प्रावधान मध्ये चार वटा पद नेपाल विद्यार्थी संघले पाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…