जनकपुरमा आज चैत्ते छठको रौनक, डुब्दै सूर्यलाई अर्घ दिन गँगासागर घाटमा पुगे व्रतालु
षष्ठीका दिन व्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

२०७९ चैत १३ सोमबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा आज चैते छठ मनाइरहेको छ । आज साँझ नजिकको जलाशयमा अर्घ लिएर छठ मनाउने भएको छ ।
जनकपुरधाम सहित सम्पूर्ण मधेशको महान् पर्व चैती छठ अन्तर्गत आईतबार धार्मिक विधिपूर्वक खरना विधि गरिएको छ भने आज सोमबार सँध्या अर्घ दिने भएको छ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आईतबार राती धुमधामका साथ खरना विधि गरिएको छ ।
मँसिरमा मनाइने छठ पर्व जस्तै चेत्तै छठमा पनि विधिविधान हुन्छन् । आज साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा लगायत लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
त्यस्तै त्यसको भोलिपल्ट मँगलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
जनकपुरका श्रद्धालु एवम् व्रतालुहरु एकाविहानैदेखि अर्घ लिएर गँगासागर घाट पुग्न थालेका छन् । साँझ जनकपुरमा यो महिनामा पनि चैते दशैँको रमझम हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…