मधेशको प्रमुख शहरहरुमा 'काठमाडौं वल्ड स्कुल' ले शैक्षिक कार्यक्रम गर्दै, विद्यार्थीहरुलाई अवसर
पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने छन ।

२०७९ चैत १२ आइतबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको राजधानी जनकपुरधामा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।
आउदो चैत्र १८ गते शनिबारका दिन जनकपुरधामको यात्री निवासमा कार्यक्रमको आयोजन गरिने छ । कार्यक्रममा स्कुलका चियरमेन इ।डा।मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन ।
'वल्र्ड स्कुलको नेपाल टुर' अन्तरगत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़ , इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरूमा कार्यक्रम आयोजन हुन लागेको छ ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाडौं वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाइ लक्षित गरेर राजधानी जनकपुरधाम सँगै बीरगंज , राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाइ उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरू संचालन गर्ने बारे विशेष जानकारी दिन कार्यक्रमको आयोजन हुन लागेको छ ।
पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…