जनमत पार्टीको यी ६ जिल्लामा थपे ईन्चार्ज, कुन जिल्लामा को भए ईन्चार्ज ?
पर्सा जिल्लाको लागि पार्टी सँयोजकको जिम्मेवारी मुकेश द्धिवेद्दीलाई दिएको हो । पार्टी अध्यक्ष डा. सिके राउतद्धारा जारी गरिएको सूचनामा उनीहरुलाई विभिन्न जिल्लाको विभिन्न जिम्मेवारी तोकिएको हो ।

२०७९ चैत ११ शनिबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृतवको जनमत पार्टीले मधेश प्रदेशको ६ जिल्लाको जिल्ला ईन्चार्ज चयन गरेका छन् ।
संगठन विस्तारको लागि मधेश प्रदेशको ६ वटा जिल्लामा ईन्चार्ज चयन गरेका हुन् । सो मध्ये पर्सा जिल्लामा ईन्चार्जसहित एक जना सह–ईन्चार्ज र एक सँयोजक समेत चयन गरेका छन् ।
शनिबार बसेको पार्टीको बैठकबाट धनुषाको लागि सुरेन्द्र कुमार मण्डल, सिरहाको लागि विनोद कुमार यादव, महोत्तरीको लागि सौरभ साह, सर्लाहीको लागि श्रीचन राय यादव, रौतहटको लागि वृजकिशोर यादव र पर्साको लागि माधव प्रसाद सिँहलाई चयन गरेका हुन् । पर्साको सह ईन्चार्जमा ओम प्रकाश सर्राफलाई चयन गरिएको हो ।
पर्सा जिल्लाको लागि पार्टी सँयोजकको जिम्मेवारी मुकेश द्धिवेद्दीलाई दिएको हो । पार्टी अध्यक्ष डा. सिके राउतद्धारा जारी गरिएको सूचनामा उनीहरुलाई विभिन्न जिल्लाको विभिन्न जिम्मेवारी तोकिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…