१ सय ८४ किलो लागुऔषध गाँजा सहित घोडा नियन्त्रणमा

२०७९ चैत ५ आइतबार
रति १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । मधेस प्रदेशको सप्तरीमा प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि अभियान नै चलाएको छ । सिमा सुरक्षाकर्मीले लागुऔषध तस्कहरु विरुद्व अप्रेशन चलाएपछि तस्कहरुमा खैलाबैला मचेको छ, भने तस्कहरु समेत धमाधम पक्राउ पर्न थालेका छन । 

गएको शविनवार राति सशस्त्र प्रहरी बिओपी बसाईबबाट ईन्सपेक्टर केशव शरण मैनाली र ईप्रका हनुमानगरबाट सई मनोज ठाकुरको कमाण्डमा खटिएको टोलिले भारततर्फ लैजादै गरेको १ सय ८४ किलो गाजा नियन्त्रणमा लिएको हो । 

प्रहरीद्वारा रातिको समयमा गोबरगाढाको छतौनाबाट घोडामा राखेर भारततर्फ लगिरहेको अवस्थामा सप्तरीको हनुमानगर कंकालिनी नपा वार्ड न। १३ गोबरगाढा ईलाकाबाट उक्त परिमाणमा लागुऔषध बरामद गरिएको हो । 

सुरक्षाकर्मी टोलिलाई देखेपछि तस्करहरु घोडा र गाजा छाडी फरार भएको थिए । नियन्त्रण्मा लिइएको गाजा कार्यालय तर्फ ल्याउने क्रममा केही व्यक्तिहरुले समूह नै बनाएर खोस्ने प्रयास गर्दा सुरक्षाकर्मीले एक राउण्ड गोलि फायर गरी सो समूह भगाएका थिए । 

लागुऔषध कारोबार भईरहेको बारे गोप्य सुचनाका आधारमा लामो समय तस्करहरुको फलोअप गरी विशेष अप्रेशन चलाएर भारी परिमाणमा लागुऔषध सहित तस्कर प्रकाउ गरेको बिओपी बसाईबले जनाएको छ । यति भारी परिमाणमा लागुऔष पक्राउ पर्नु दुर्लभ घटना रहेको जानकारहरु बताउँछन । 

तस्कहरु खुल्ला सिमानाको मौकाको फायदा उठाउदै सुरक्षाकर्मीको आँखा छली लागुऔषधको ओसारपोसार गर्दै आएका छन । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि धेरै हदसम्म लागुऔषध कारोबारमा कमी आउने उनिहरुको भनाई थियो ।    

पक्राउ परेका गाजा सहित घोडा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यलय सप्तरी बुझाइएको बिओपी बसाईबले जनाएको छ । लागुऔषध घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७९ चैत ५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus