नक्कली नोट सहित दुई भारतीय पक्राउ
न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोट सहित दुई भारतीय पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुर स्थित एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम

२०७९ चैत ५ आइतबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु। कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोट सहित दुई भारतीय पक्राउ परेका छन्।
जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुर स्थित एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्।
भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने वर्ष ३२ का फैसल अहमद र ४२ वर्षीय को विनोद यादव सो नक्कली नोट सहित पक्राउ परेको हुन्।
प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार पक्राउ परेका दुवै जना स्थानीय चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टरमा सामान किन्न आएका थिए।
विशेष सुराकीका आधारमा प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। मर्यादपुर प्रहरी चौकीका प्रमुख गगन बहादुर शाहीले पक्राउ परेका दुवै जनाले नक्कली नोट मार्फत बजारबाट केही सरसामान समेत किनेको हुन सक्ने बताए।
नक्कली नोट गुणस्तरीय रङ्गिन प्रिन्टरबाट प्रिन्ट गरिए जस्तो देखिएको छ। तर प्रिन्ट गरिएको वा छापिएको त्यसको यकिन भने भएको छैन। नियन्त्रणमा लिईएका दुई जना माथि मुद्रा सम्बन्धी कसुर सम्बन्धी मुद्दा चलाई थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।
पछिल्ला केही समयमा जिल्लामा नक्कली नोट सर्वाधिक देखिएको छ। यस अघि पनि एभरेष्ठ बैक तौलिहवा शाखामा समेत एक नक्कली हजारको नोट फेला परेको थियो। यस्तै केही महिना पहिले समेत चार नम्बर जीतपुर स्थित बिद्युत्को महसुल काउन्टरमा समेत हजारको नक्कली नोट फेला परेको थियो। यस सँग बजारमा नक्कली नोटको मात्रा अत्यधिक भएको अनुमान गर्न सकिन्छ।
बजारमा अहिले नक्कली नोटहरु हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ। शंकास्पद नोटहरु फेला परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन प्रहरीले अनुरोध समेत गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…