रामसहाय यादव उपराष्ट्रपति भएपछि जनकपुरधाममा दीपोत्सव
जनकपुरधाममा गरिएको दीप प्रज्वलनमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, जसपाका बिहारी यादवसहित दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्वलन गरिएको हो ।

२०७९ चैत ३ शुक्रबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि जनकपुरधाममा दीपोत्सव गरिएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित यादव उपराष्ट्रपति बनेको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले जनकपुरधामको जनकचोकस्थित दिप प्रज्वलन गरेको हो ।
सन्त र त्यागी नेता मानिएका रामसहाय प्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएपछि जनकपुरधामसहित तराई मधेशको जिल्लाहरुमा खुसीयाली छाएको छ ।
जनकपुरधाममा गरिएको दीप प्रज्वलनमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, जसपाका बिहारी यादवसहित दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्वलन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…