जनकपुरमा बाटो हिँडने युवतिलाई जिस्काउने तीनमध्ये एक जना मोटरसाईकलसहित पक्राउ, दुई फरार 

२०७९ चैत २ बिहीबार
दिउसो २:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बाटो हिँडदै गरेकी युवतिहरुलाई जिस्काउने तीन जना युवकहरुमध्ये एक जना मोटरसाईकलसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले समाजिक सँजालमा तस्विरहरु भाईरल भएपछि उनीहरुको खोजतलास सुरु गरेको थियो । बुधबार समाजिक सँजालमा युवति जिस्काएको र हातले समात्न खोजेको तस्विर, भिडियोहरु सार्वजनिक भएपछि तीनै जनालाई खोजतलास सुरु गरिएको थियो । 

प्रदेश २ ००२ प ७४११ नम्बरको पल्सर मोटरसाईकलमा बसेका तीन जना युवकले बाटो हिडदै गरेकी विद्यार्थी (युवति) हरुलाई दुरव्यवहार गरेको तस्विर र भिडियो समाजिक सँजालमा भाईरल बनेको थियो । 

धनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् । 

उनीहरु महोत्तरी जिल्लाको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले जानकारी दिए । महोत्तरी प्रहरीसँग समन्वय गरी तीनै जनामाथि कारवाही गर्ने बताए । 

  • 21%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 2%

जनकपुर क्षेत्रमै पहिलो पटक 'कल्चरल भिलेज' सँचालनमा, गाउँ क्षेत्रमै जँगलको मज्जा 

  • २०७९ चैत २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा पहिलो पटक जँगलको मज्जा दिने गरी कल्चरल भिलेज सँचालनमा आएको छ ।  जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मिथिलेश्वर मौवाहीस्थित “कल्चरल भिलेज” सँचालनमा आएको हो । जनकपुर–धनुषाधाम

पूरा पढ्नुहोस्

Bureau Menus