जनकपुरमा बाटो हिँडने युवतिलाई जिस्काउने तीनमध्ये एक जना मोटरसाईकलसहित पक्राउ, दुई फरार
धनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।

२०७९ चैत २ बिहीबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बाटो हिँडदै गरेकी युवतिहरुलाई जिस्काउने तीन जना युवकहरुमध्ये एक जना मोटरसाईकलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले समाजिक सँजालमा तस्विरहरु भाईरल भएपछि उनीहरुको खोजतलास सुरु गरेको थियो । बुधबार समाजिक सँजालमा युवति जिस्काएको र हातले समात्न खोजेको तस्विर, भिडियोहरु सार्वजनिक भएपछि तीनै जनालाई खोजतलास सुरु गरिएको थियो ।
प्रदेश २ ००२ प ७४११ नम्बरको पल्सर मोटरसाईकलमा बसेका तीन जना युवकले बाटो हिडदै गरेकी विद्यार्थी (युवति) हरुलाई दुरव्यवहार गरेको तस्विर र भिडियो समाजिक सँजालमा भाईरल बनेको थियो ।

धनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।
उनीहरु महोत्तरी जिल्लाको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले जानकारी दिए । महोत्तरी प्रहरीसँग समन्वय गरी तीनै जनामाथि कारवाही गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…