धनुषाधामको पर्वतामा आयुर्वेद भवन बन्दै, जनताहरु प्रत्यक्ष लाभान्वित हुने मेयर मण्डलको प्रतिवद्धता
सो कार्यक्रममा उपमेयर बिध्या देवि भुजेल ,वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो ,६ का ऋषिकेश लामा, प्रादेशिक आयुर्वेद कार्यलय तथा वैकल्पिक चिकित्सकलाईका अधिकृत भोला महतो, नेपाली काङ्ग्रेस पार्टीका नेता जोगकुमार महतो,समाजसेवी प्रमोद कुमार यादव ,नगरपालिकाका प्राविधिक सव अभरसियर राम ईश्वर यादव , समाजसेवी ,बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

२०७९ चैत १ बुधबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषाधाम नगरपालिका वडा नं ५ स्थित आयुर्वेद भवन शिलान्यास गरिएको छ ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले सो आयूर्वेद अस्पतालको शिलान्यास गरेका हुन् । बुधबार शिलान्यास गर्दै मेयर मण्लले आयुर्वेद उपचार स्वास्थ्य हितमा राम्रो पक्ष रहेकोले यस अस्पतालले राम्रो फाईदा हुने बताए ।
धनुषाधाम नगरपालिका वडा नं ५ स्थित आयुर्वेद हस्पिटल भवन निर्माण आश्वी कन्स्ट्रक्सन धनुषाधाम नगरपालिका २ को ठेक्का परेको छ । कन्सट्रक्सन कम्पनीका प्रोपाईटर सुरेन्द्र यादवले सम्झौता २ सालको सम्झौता रहेको बताए । उनले भने, “हामी समय अवधी भित्र निर्माण कार्य सम्पन्न गर्नेछौँ”।
१ करोड १४ लाख बराबरको लागतमा निर्माण हुने भवन यस वडामा नागरिक आयुर्वेदिक आरोग्य सेवा केन्द्रको शाखा हुदा भवनको खाँचो रहेको थियो त्यसले नगरपालिका र संघ सरकारको संयुक्त बजेटमा भवन निर्माण कार्य गुणस्तरीय हुने वडा अध्यक्ष इन्द्रकुमार महतोले बताए ।
सो कार्यक्रममा उपमेयर बिध्या देवि भुजेल ,वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो ,६ का ऋषिकेश लामा, प्रादेशिक आयुर्वेद कार्यलय तथा वैकल्पिक चिकित्सकलाईका अधिकृत भोला महतो, नेपाली काङ्ग्रेस पार्टीका नेता जोगकुमार महतो,समाजसेवी प्रमोद कुमार यादव ,नगरपालिकाका प्राविधिक सव अभरसियर राम ईश्वर यादव , समाजसेवी ,बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…