पालिकाको शिक्षा अधिकृत १ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

२०७९ फागुन २६ शुक्रबार, बेलुकी ५:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । एक स्थानीय तहका शिक्षा अधिकृत १ लाख रुपैयाँसहित रँगेहात पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ) शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका हुन् । उनी गत २५ गते पक्राउ परेका हुन् ।
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति उनकै कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…