
न्यूज ब्यूरो, जनकपुरधाम । एक स्थानीय तहका शिक्षा अधिकृत १ लाख रुपैयाँसहित रँगेहात पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ) शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका हुन् । उनी गत २५ गते पक्राउ परेका हुन् ।
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति उनकै कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
- २०७९ फाल्गुण २६ शुक्रबार