राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि गाउँ–गाउँमा काँग्रेसको दीप प्रज्वलन
कमला नगरपालिकास्थित काँग्रेसका युवा नेता एवम् वडासभापति विजय यादव, नगरसभापति शँकर प्रसाद यादव, युवाहरु नेताहरु रुपक कुमार यादव (रुपी), वडाध्यक्ष ठकु यादव, उपेन्द्र ठाकुर, प्रदीप यादव, विद्यार्थी नेता अशोक यादव, बौका यादव, रामकुमार साह, राजा यादव लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यदुकुहास्थित गरिएको दीप प्रज्वलनमा नेपाली काँग्रेसका दिग्गज नेता शिवधारी यादव, युवा नेता रुपेश यादव, लालबाबु हाथी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उप

२०७९ फागुन २६ शुक्रबार, बिहान ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका नेपाली काँग्रेसका रामचन्द्र पौडेललाई दीप प्रज्वलन गरी बधाई दिएको छ ।
नेपाली काँग्रेस निकट कार्यकर्ता, नेताहरुले धनुषाको विभिन्न गाउँमा विहिबार दीप–प्रज्वलन गरी खुसीयाली मनाउँदै बधाई दिएको हो ।
नेपाली काँग्रेस पार्टीमा रामचन्द्र पौडेलको लगानी र त्यागको सराहना गर्दै नेता कार्यकर्ताहरुले पुनः नेपालले उत्तम राष्ट्रपति पाएको भन्दै खुसीयाली मनाएको हो ।
सो क्रममा पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया र शहिदनगर नगरपालिका वडा नम्बर २ यदुकूहास्थित दीप–प्रज्वलन गरिएको हो ।
कमला नगरपालिकास्थित काँग्रेसका युवा नेता एवम् वडासभापति विजय यादव, नगरसभापति शँकर प्रसाद यादव, युवाहरु नेताहरु रुपक कुमार यादव (रुपी), वडाध्यक्ष ठकु यादव, उपेन्द्र ठाकुर, प्रदीप यादव, विद्यार्थी नेता अशोक यादव, बौका यादव, रामकुमार साह, राजा यादव लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
यदुकुहास्थित गरिएको दीप प्रज्वलनमा नेपाली काँग्रेसका दिग्गज नेता शिवधारी यादव, युवा नेता रुपेश यादव, लालबाबु हाथी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…