धनुषामा मनाइयो ११३ औँ अन्तराष्ट्रिय महिला दिवस
कार्यक्रममा गणेशमानचारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले महिला जगरुक भएर संघर्ष गरे कुनैपनि क्षेत्रमा पछाडि नपर्ने बताए। उनले आजको गम्भीर अवस्थामा महिलालाई देह ब्यापार, महिला बेचबिखन, बलात्कार, हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लाग्न आग्रह गरे।

२०७९ फागुन २६ शुक्रबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएको छ।
लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथ बुधबार आयोजित एक समारोहका बिच अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै उपमेयर तुलसा पाण्डे पटेलले महिलाहरुलाई आत्मनिर्भर भइ आफ्नो सम्मान स्थापित गर्न आग्रह गरिन। उनले महिलालाई हिंसा मुक्त बनाउन आफै अगाडी बढनुपर्ने जिकिर गरिन ।
उनले महिलालाई श्रमको उचित मूल्यांकन नभएको प्रति आपत्ति व्यक्त गरिन । पटेलले आजको दिन महिलालाई सम्मान सहित ज्याला दिन आग्रह समेत गरिन। महिलालाई प्रकृतिको जननी भएको प्रति गौरवान्वित हुँदै उनले हरेक लडाईमा अगाडी आउन आग्रह गरिन ।
कार्यक्रममा गणेशमानचारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले महिला जगरुक भएर संघर्ष गरे कुनैपनि क्षेत्रमा पछाडि नपर्ने बताए। उनले आजको गम्भीर अवस्थामा महिलालाई देह ब्यापार, महिला बेचबिखन, बलात्कार, हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लाग्न आग्रह गरे।
उनले संघर्षमा अगाडी आए मात्र महिला सुरक्षित हुने जिकिर गरे । मेयर यादवले नगरपालिकालाई सुरक्षित बनाउन आफु पूर्व तयारी रहेको उल्लेख गर्दै सहयोगको लागि आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…