डिजेको कारण मृत्यू हुने जोखिम बढन थालेपछि धमाधम बन्द गराइदै डिजे, महोत्तरीमा पनि डिजे बजाउन रोक
समाजिक सँजाल र चौतर्फी आलोचनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिमा चर्को साउण्डमा डिजे बजाउन नपाउने सूचना दिएको हो । राती १० बजेपछि हरन, एण्डको , डिजे लगायत कुनै पनि चर्को साउण्डको मेसिन बजाउन नपाउने निर्णय गरेको छ ।

२०७९ फागुन १९ शुक्रबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । डिजे बाजाको कारण मृत्यूको जोखिम बढन थालेपछि मधेश प्रदेशको विभिन्न जिल्लामा डिजे बजाउन रोक लगाउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाही, रौतहट, बारा, धनुषाले चर्को साउण्डको डिजे बजाउन प्रतिबन्ध लगाएको केही घण्टामै जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत डिजे बजाउन रोक लगाएको सूचना निकालेको हो ।
समाजिक सँजाल र चौतर्फी आलोचनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिमा चर्को साउण्डमा डिजे बजाउन नपाउने सूचना दिएको हो । राती १० बजेपछि हरन, एण्डको , डिजे लगायत कुनै पनि चर्को साउण्डको मेसिन बजाउन नपाउने निर्णय गरेको छ ।
प्रशासनको आदेशलाई उलंघन गरे कानुन बमोजिम नै कारवाही हुने र डिजे समेत जफत गर्ने निर्णय गरिएको हो । बुधबार राती मात्र सीमाक्षेत्रस्थित सीतामढीमा डिजेले एक दुल्हाको मृत्यू भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…