राजर्षि जनक विश्वविद्यालयमा नेविसंघको १०१ सदस्यीय चुनाव कमिटि गठन
कोषाध्यक्षमा सँजना पाण्डे र सल्लाहकारमा रवि कुमार साह लगायतका रहेका छन् ।

२०७९ फागुन १८ बिहीबार, राति १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वीयू चुनावलाई मध्यनजर गर्दै कमिटि गठन गरेको छ ।
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा नेविसंघले १०१ सदस्यीय कमिटि गठन गरेको हो । नेविसंघले राजर्षि जनक विश्वविद्यालयमा प्रथम पटक समिति गठन गरेको हो ।
नेविसंघका प्रतिनीधि धिरज खत्री र जिल्ला उपसभापति गणेश झाको प्रमुख आतिथ्यमा विद्यार्थीहरुको कमिटि गठन गरिएको हो ।
समितिको सभापतिमा सँतोष यादव, उपसभापतिमा त्रिलोक कुमार यादव, धीरज महासेठ, सिद्धार्थ राज सिँह, दिपेश भण्डारी लगायतका रहेका छन् । यस्तै, सचिवमा आनन्द द्धिवेदी, सहसचिवमा शिवशंकर महतो, गणेश कुमार साह, गौत्तम यादव, सोनम सिँह रहेका छन् ।
कोषाध्यक्षमा सँजना पाण्डे र सल्लाहकारमा रवि कुमार साह लगायतका रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…