जनकपुरः ३ महिनादेखि हराएकी महिलाको माइती नेपालले गरे उद्धार, परिवारसँग गरायो भेंट
जनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।

२०७९ फागुन १४ आइतबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत तीन महिनादेखि परिवारबाट हराइरहेकी महोत्तरीकी एक महिलालाई शनिबार परिवारको जिम्मा लगाईएको छ ।
महिला तथा बालबालिका क्षेत्रमा निरन्तर कार्यरत माइती नेपाल नामक सँस्थाको धनुषा जिल्ला शाखा मार्फत महिलाको उद्धार गरिएको हो ।
करिब ३ महिना अगाडी मानसिक सन्तुलन ठिक नरहेकी महिलाले बस चढेर भारत तर्फ गईसकेकी थिइन् । उनले बस चालकहरुलाई हात हल्लाउँदै लिफ्ट माग्दै गरेको अवस्थामा भारतको बिहार रक्सौलस्थित रहेको मेहर बिहार नामक सँस्थाका कर्मचारीले देखेपछि आश्रम लगेको थियो ।
उनको मानसिक अवस्था ठिक नरहेको यकिनपछि ३ महिनासम्म मानसिक परामर्श दिएर साधारण बनाईएपछि महिलाले नाम, ठेगाना बताएकी थिइन् । विवाहित रहेकी सो महिलाले नाम ठेगाना जानकारी गराउन सक्षम भएपछि मेहर बिहार नामक सँस्थाले जनकपुरधामस्थित रहेको माईती नेपाललाई सम्पर्क गरेको थियो ।

जनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।
महिलाकी आमालाई लिएर महोत्तरीको सम्सी प्रहरी चौकीमा मेहर बिहारका पदाधिकारी, माईती नेपालका पुरुषोत्तम यादव, प्रहरीका चौकी प्रमुखको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो ।
विगतदेखि नै माईती नेपाल बालबालिका, महिला उद्धारमा निरन्तर खटिरहेका छन् । अहिले जनकपुर क्षेत्रबाट हुने यस्ता प्रकृतिको घटनालाई न्यूनिकरणको लागि माईती नेपाल सहयोग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…