बोर्डरमा जाली नोट र ड्रग्स नियन्त्रण गर्न दुई देशका सुरक्षाकर्मीबीच समन्वयको निर्णय
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

२०७९ फागुन १३ शनिबार, दिउँसो ४:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत बोर्डरबाट हुने जाली नोटको कारोबार, ड्रग्स सप्लाई र अपराध नियन्त्रणको लागि दुवै देशका अधिकारीहरुबीच समन्वयको निर्णय भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न दुई देशको अधिकारीहरुबीचको छलफलले सीमा क्षेत्रबाट हुने अपराधिक त्रियाकलाप उपर लगाम लगाउन दुवै देशका सुरक्षाकर्मीको पहलकदमीबारे समन्वय गरिने निर्णय भएको बताएका छन् ।
सिडिओ दाहालले दुवै देशको बोर्डरमा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको जानकारी दिए ।
दुई देशबीचको सुरक्षाकर्मीहरुको संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरु एक आपसमा आदान प्रदान गर्ने सहितको निर्णय गरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दाहालले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए । उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागुऔषध ओसारपसार नियन्त्रणलगायतका सम्बन्धमा छफलफल गर्छौँ । यस्ता बैठकले दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन्छ र हामी समय समयमा सुरक्षाकर्मीहरुबाट सहयोग पनि पाउँछौँ ।’
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल , महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…