जसपालाई उपराष्ट्रपति दिन माओवादी साकारात्मक छः यादव
अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गरे । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।

२०७९ फागुन १२ शुक्रबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन् ।
बिहीवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् । छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव तथा सरकारको विषयमा धारणा राखेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनको भनाइ छ ।
उनले भने, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकारलगायतका विषयहरूमा हामीले आफ्नो धारणा राख्यौँ । माओवादी अत्यन्त सकारात्मक छ । माओवादी, प्रचण्ड जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’
अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गरे । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…