६ बुँदे सहमतिपछि आन्दोलनमा उत्रेका डाक्टरहरुको आन्दोलन फिर्ता, डाक्टरहरु काममा
टोलीबीच घाइते चिकित्सकको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सवारीका क्रममा अत्यावश्यक क्षेत्रमा असहजता नहुने गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जनका विषयमा एक हप्ताभित्र नेपाल सरकार समक्ष सुझाव पेस गर्ने लगायतका सहमति भएका छन् ।

२०७९ माघ २९ आइतबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल चिकित्सक सङ्घले अस्पतालमा आपत्कालीन बाहेकका सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा नेपाल चिकित्सक सङ्घले अगाडि सारेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर आ–आफ्नो जिम्मेवारी सम्हाल्ने सहमति भएको हो ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा सङ्घले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियो । यस सम्बन्धमा वार्ता गर्न सरकारले गठन गरेको टोली र आन्दोलनरत नेपाल चिकित्सक सङ्घको टोलीबीच वार्ता भएको हो ।
टोलीबीच घाइते चिकित्सकको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सवारीका क्रममा अत्यावश्यक क्षेत्रमा असहजता नहुने गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जनका विषयमा एक हप्ताभित्र नेपाल सरकार समक्ष सुझाव पेस गर्ने लगायतका सहमति भएका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…