राष्ट्रपति भण्डारीको सवारीको बेला सडकमा हिडेको भन्दै डाक्टरमाथि कुटपिट, सडक जाम गरेर विरोध
उनले भने, ‘टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले हिर्काएका रहेछन् । अहिले भिड पनि जम्मा भएको छ ।’ विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् । ‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आउनुभएको छ । छलफल गरिरहेका छौं,” उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरे ।

२०७९ माघ २७ शुक्रबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनित सिंहलाई प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरुले विरोध जनाएका छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंह वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको सेन्टरका शाखा अधिकृत नवराज गौतमले जानकारी गराए ।
उनले भने, ‘टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले हिर्काएका रहेछन् । अहिले भिड पनि जम्मा भएको छ ।’ विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् । ‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आउनुभएको छ । छलफल गरिरहेका छौं,” उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरे ।
संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।
कान्तीपुर अनलाइनमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…