'कलेजमा विद्यार्थी लुटन पाईदैन' भन्दै चक्रवर्ती ल कलेजका विद्यार्थी आन्दोलनमा
एक महिना अघि नै पछिल्लो महिनाको शुल्क तिर्नुपर्ने नियम प्रशासनले लगाएको छ । त्यो खारेजी हुनुपर्ने उनीहरुको तेस्रो माग छ । त्यसैगरी पैसा अनुसारको गुणस्तरीय शिक्षा हुनुपर्ने उनीहरुको चौथो माग रहेको छ । ३० जनालाई छात्रवृत्ति दिनुपर्नेमा अहिले १० जनालाई मात्रै दिएको भन्दै तत्काल ३० जनालाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको पाँचौँ माग छ ।

२०७९ माघ २७ शुक्रबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती ल कलेजका विद्यार्थीले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । उनीहरुले विद्यार्थीलाई लुट्न पाइदैँन, विद्यार्थीमाथि दमन शासन गर्न पाइँदैन जस्ता प्लेकार्डहित आन्दोलन गरेका हुन् ।
उनीहरुले पटक–पटक विद्यालय प्रशासनसँग आफ्ना मागहरुबारे जानकारी गराउँदा पनि समाधान गर्नुको सट्टा उल्टै धम्क्याउने र थर्काउने कार्य भएपछि बाध्य भएर आन्दोलन गर्नु परेको बतताएका छन् ।
‘कलेजमा राणा शासन जस्तो व्यवहार भयो,’ आन्दोलनमा सहभागी विद्यार्थी श्यामबाबु साहले भन्नुभयो, ‘हामीले त्यहाँ अध्ययनका लागि करीब १० लाख ७० हजार फि तिर्नुपर्छ । तर, त्यो फि अनुसारको गुणस्तरीय शिक्षा हामीले प्राप्त गर्न पाएका छैनौँ । हामीले गुनासो लिएर जाँदा प्रशासनले हाम्रो गुनासो सुन्ने भन्दा पनि निष्काशन गर्ने जस्ता धम्की दिने गरेको छ ।’
.jpeg)
अहिले ३ सय विद्यार्थी उक्त कलेजमा अध्ययन गरिरहेको भन्दै त्यसको १० प्रतिशतलाई छात्रवृत्ति दिदाँ ३० जनाले पाउनु पर्नेमा अहिले १० जनालाई मात्रै दिएको र त्यो माग पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । कम्युटर ल्याव, पुस्तकालयलगायतको सुविधान नभएको पनि उनीहरुको गुनासो छ ।
उनीहरुले कम्तीमा पाँच वटा मागको सम्वोधन गर्नुपर्ने बताएका छन् । उनीहरुले शुल्क अध्याधिक भएको भन्दै पहिलो मागमा शुल्क घटाउनु पर्ने भनेका छन् । उनीहरुको दोस्रो माग शुल्क तिर्न ढिलाई हुँदा प्रति महिना १० प्रतिशत जरिवाना लिने गरेको भन्दै त्यो खारेजी हुनुपर्ने छ ।
एक महिना अघि नै पछिल्लो महिनाको शुल्क तिर्नुपर्ने नियम प्रशासनले लगाएको छ । त्यो खारेजी हुनुपर्ने उनीहरुको तेस्रो माग छ । त्यसैगरी पैसा अनुसारको गुणस्तरीय शिक्षा हुनुपर्ने उनीहरुको चौथो माग रहेको छ । ३० जनालाई छात्रवृत्ति दिनुपर्नेमा अहिले १० जनालाई मात्रै दिएको भन्दै तत्काल ३० जनालाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको पाँचौँ माग छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…