रामअशिष यादव मधेश प्रदेशका उत्कृष्ट साँसद
गँगासागर सफाई अभियानबाट चर्चामा आएका साँसद यादवले सँसद भवनमा निरन्तर आवाज उठाउने, निरन्तर बोल्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, शिक्षामा टेवा पुरयाएको भन्दै उत्कृष्ट साँसदको रुपमा सम्मान गरिएको हो ।

२०७९ माघ २२ आइतबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका प्रदेश साँसद राम अशिष यादवलाई पाँचबर्षको उत्कृष्ट साँसदको सम्मान दिइएको छ ।
मधेश प्रदेश सरकारको पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा रामअशिष यादवलाई उत्कृष्ट साँसदको उपाधी दिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निरन्तर दोस्रो पटक निर्वाचित भएका साँसद यादवलाई मुख्यमन्त्री सरोज कुमार यादवले उत्कृष्ट साँसदको सम्मान दिएको हो ।
गँगासागर सफाई अभियानबाट चर्चामा आएका साँसद यादवले सँसद भवनमा निरन्तर आवाज उठाउने, निरन्तर बोल्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, शिक्षामा टेवा पुरयाएको भन्दै उत्कृष्ट साँसदको रुपमा सम्मान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…