किसान आन्दोलन तताएका मधेश प्रदेशका कृषि राज्यमन्त्री यादवले गरे पदभार ग्रहण
शुक्रबार भएको मधेश प्रदेश सरकारको विस्तारको क्रममा उनलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । आईतबार (आज) उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले मधेशमा किसान आन्दोलनसहित विभिन्न अधिकारको आन्दोलनमा सहादत दिएका शहिदहरुलाई स्मरण गर्दै मधेशको कृषिमा नयाँ आयाम ल्याउने प्रतिवद्धता पनि जाहेर गरे ।

२०७९ माघ २२ आइतबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत बर्ष जनमत पार्टीले गरेको एक महिने किसान आन्दोलनमा सडक तताएका नव नियुक्त कृषि राज्यमन्त्री सँजय यादवले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार भएको मधेश प्रदेश सरकारको विस्तारको क्रममा उनलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । आईतबार (आज) उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले मधेशमा किसान आन्दोलनसहित विभिन्न अधिकारको आन्दोलनमा सहादत दिएका शहिदहरुलाई स्मरण गर्दै मधेशको कृषिमा नयाँ आयाम ल्याउने प्रतिवद्धता पनि जाहेर गरे ।
राज्यमन्त्री यादव सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित जनप्रतिनीधि हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…