तराईमा सिमसार क्षेत्र जोगाउन चुनौतीः सचिव घिमिरे
सो क्रममा मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष एवम् वातावरण अभियानी देवनारायण मण्डलले तराई मधेशको सिमसार क्षेत्रको तथ्याँक उपलब्ध गराई बचाउको लागि सरकारी स्तरबाट अझै थप कार्यक्रमहरुको अपेक्षा राखे । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै धनुषाधाम संरक्षित वन क्षेत्रमा रहेका वानगँगा नदी, सोही ठाउँमा रहेको पोखरीको अवस्था संरक्षण अभावमै जिर्ण हुँदै गएको बताए ।

२०७९ माघ २१ शनिबार, बिहान १०:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उधोग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन नसकेको बताएका छन् ।
पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिंदै गएको बताउँदै उनले तराई क्षेत्रको सिमसार क्षेत्रमा असंख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औल्याएँ ।
धनुषाधाम संरक्षित वनमा विहिबार मनाइएको विश्व सिमसार दिवसमा सचिव घिमिरेले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए।
उनले भने– ‘तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व पनि छ। यो मानवीय परम्परासँग जोडिएको छ।’ उनले भने, ‘कसैले माछा मार्ने, कसैले पूजा गर्ने लगायतका क्रियाकलाप भइरहेका हुन्छन्।’
सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका उनी बताउँछन्। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण सचिव घिमिरेले बताए।
सो क्रममा मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष एवम् वातावरण अभियानी देवनारायण मण्डलले तराई मधेशको सिमसार क्षेत्रको तथ्याँक उपलब्ध गराई बचाउको लागि सरकारी स्तरबाट अझै थप कार्यक्रमहरुको अपेक्षा राखे । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै धनुषाधाम संरक्षित वन क्षेत्रमा रहेका वानगँगा नदी, सोही ठाउँमा रहेको पोखरीको अवस्था संरक्षण अभावमै जिर्ण हुँदै गएको बताए ।
सो कार्यक्रममा वृक्ष मानव भनेर चिनिने वन अभियानी सुरेश शर्माले धनुषाधाम संरक्षित वनमा पाइने विभिन्न प्रजातीको बोटविरुवा र वन भित्र रहेको सिमसार क्षेत्र अझै खतरामा रहेको बताए ।
उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए। सिमसारमा हुने घाँसको तत्त्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने बताए ।
सिमसार दिवसको अवसरमा स्थानीय ३२ जना बिद्यार्थीहरुलाई सिमसार झल्किने गरी चित्रकला प्रतियोगिता समेत गरेका थिए । सिमसार संरक्षणको लागि बालबालिकाहरुलाई अहिलेदेखि नै ज्ञान प्राप्ती र गहिरो बुझाई होस भन्ने उदेश्यले सिमसार सम्बन्धी चित्रकला प्रतियोगिता राखेको ट्रस्टका अध्यक्ष मण्डलले बताए ।
कार्यक्रममा प्रदेश निर्देशक जगरनाथ जैसवाल ,डिभिजन वन अधिकृत बेचन चौधरी, बृक्ष मानव सुरेश शर्मा, डिभिजन वन बाराको वन अधिकृत बिनोद सिंह लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…